बास्केटबल लिजेण्ड प्याट्रिकलाई कोरोना संक्रमण



एजेन्सी : बास्केटबल लिजेण्ड प्याट्रिक ईविङलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सामाजिक संजालबाट एनबिए लिजेण्ड प्याट्रिकले आफुलाई कोरोनाको संक्रमण भएको बताएका छन् ।

अहिले आफु सेल्फ आईसोलेसनमा बसेको समेत बताएका छन् । उनी अहिले जर्जटाउन युनिभर्सिटीको पुरुष टिमका प्रशिक्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्