वर्षा राउतलाई भारतीय साथीहरूको चिन्ता, नेपाली फ्यान कसरी फेस गर्लिन् ?



काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल प्रशंसकदेखि आलोचकको साझा थलो बनेको छ । त्यती मात्रे होइन् कुनै व्यक्ति आफ्नो मनमा लागेको कुरा बेझिझक लेख्ने गर्छन् । भिडियो बनाएर पोष्ट गर्छन् ।

त्यही भिडियो र अभिव्यक्तिका कारण नायिका वर्षा राउत विवादमा तानिएकी छन्। शनिबाबाट सामाजिक सञ्जाल फेसबुकमा १५ सेकेण्डको भिडियो भाइरल भइरहेको छ । भिडियामा नायिका राउत छिन् ।

भिडियोमा यस्तो भनिएको छ– ‘आवेसमा देशको माया लाग्छ भने ए यो त हाम्रौ हो तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि त । यो त टेबल टक गरेर उताको सरकार र यताको सरकार मिलेर पो कुरा गर्ने हो त । यहाँ त झगडा झगडा पारिराको छ के दुवै प्रत्रकारहरू मिलेर । दुबै देशको मिलेर झगडा बनाइराको छ । म मेरो भारतिय साथिहरूसँग कसरी फेस गर्ने अनि भारतिय साथिहरूले मसँग कसरी फेस गर्ने भन्ने भइरहेको छ अहिलेको परिस्थती ।’

भारतले भारतको पिथोरागढदेखि नेपालको लिपुलेकहुँदै चनको मानसरोवर जाने सडक उद्घाटन गरेपछि भारतले नेपालको भूमी अतिक्रमण गरेको भनेर चर्को आलोचना भएको थियो । नेपालको भूमी फिर्ता गर्नुपर्छ भन्दै सडकमा आवाजहरू उठे । लकडाउन कै बेलामा प्रर्दशनहरू पनि गरिए । सदनमा त यो मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानु पर्छ भनेर आवाज पनि उठ्यो । यस्तैमा निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले सरकारले अतिक्रमण भएको भूभाग समेटिएको नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नभन्दै भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्री पद्म अर्यालले सबै भुभाग समेटिएको नक्सा मन्त्रीपरिष्दमा पेस गरिन् । मन्त्रीपरिष्दले पारित पनि ग¥यो । नयाँ नक्सा सार्वजनिक पनि भइसकको छ र सांशोधनको प्रक्रिया पनि अघि बढाइएको छ ।

नयाँ नक्सा सार्वजनिक भएपछि सबै नेपनलीहरू खुसी छन् । प्रतिपक्षि दलहरूले पनि सरकारको यो कदमको खुलेर प्रसंशा त गरेकै छन् सरकारलाई साथ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

यस्तो अवस्थामा नायिका राउत भने खुशि नभएको आकंलन उनका फ्यानहरूले ने गर्न थालेका छन् । भारत र नेपालले यो विवाद कुराकानी मार्फत हल गर्न सुझाएकी हुन् भने भारतीय टेलिभिजनका पत्रकार अर्नव गोस्वामी र सञ्चारकर्मी रवी लामेछाने दुईदेशबीच झगडा गराउने भूमिका खेलेको आरोप लगाएकी हुन् । यी दुबैले केही दिन अघि कालपानी, लिपुलेक र लिम्पियाधुराको विषयमा दुबै पक्ष समेटेर बहस चलाएका थिए ।

नायिका राउत प्रति अहिले आक्रोस व्यक्त भइरहेको छ ।

एक प्रयोगकर्ता लेख्छन्– ‘वर्षा राउतलाई भारत तिर पठाइदे सरकार । यहाँ देशको चिन्ता छ, यसलाई चै फेसबुकमा भएको ८–१० जना भारतीय साथिको चिन्ता रै छ । मनिषा कोइरलाको १०० करोड बेसि भारतीय फ्यान हुँदा त नेपालको पक्षमा बोल्दै हुनुहुन्छ । वुई हेट यू।’

अर्का प्रयोगकर्ता लेख्छन्– छक्का पञ्जा फिल्ममामा वर्षा राउतले बुढोलाई धोका दिइन, अहिले आएर अभिव्यक्तिका कारण देशलाई धोका दिँदैछिन्।’

अन्य केही उनको विरुद्धको पोस्टहरू यस्ता छन्–
‘यी सिगानि वर्षा राउत भन्ने को हुन् ? मैले त पटक्कै राम्रोसँग चिन्दा पनि चिन्दैन । तर ९० को दशकमा बलिउड हल्लाएकि मनिषा कोईरालाको अघाडि यिनको के औकात ? अलि कति लाज मान ।’

‘वर्षा राउत मै राम्रीको अरू केहि हैन मनीषा कोईरालासँग टक्कर हो । तिमीलाई स्वाभिमान ठुलो कि दर्शक अनि भारतीय दर्शकबाट एउटा फिल्म मार्फÞत कति लिएर आउँछौं ३०÷४० करोड? नाटक बेसी मनिषा कोईरालाले त फ्यान लाईमात्र सोचिनन् आफ्नो उच्च कोटि को भविश्य सम्मा दाऊ मा राखिन् । स्वाभिमानको लागि इन्स्टाग्राम बाट अनफलो गर्ने निर्णय गरियो।’

‘बिहार, भारत घर बताउने “फेसबुककी रानी“ नामको फेसबुक आईडी भएकी उ अहिले आएर बोल्नै छाडी ! लौन वर्षा जि मलाई नि गार्हो पर्ने भो !’

वर्षा अहिलेसम्म खासै विवादमा नमुछिएकी नायिका हुन् । नयिका राउत र नायक संजोगलाई उनक फ्यानहरू आइडल जोडीको रुपमा लिन्छन् । तर, यो उनको अभिव्यक्ति भने आलोचित बनेको छ । यो उनको पब्लिसिटी फण्डा पनि हनसक्छ तर खास कुरा के हो उनले ने प्रष्ट पार्लिन् ।

प्रतिक्रिया दिनुहोस्