पूर्वप्रेमी शाहिद कपूर र पति सैफसँग एकसाथ लिफ्टमा बन्द भए करीनाले के गर्लिन् ?



एजेन्सी : बलिउड उद्योगमा सम्बन्ध बन्नु र बिग्रनु सामान्य मानिन्छ ।

नावजुद्दीन सिद्दीकी–आलिया सिद्दीकी, अर्जुन रामपाल–मेहर जेसिया, अरबाज खान–मलाइका अरोरा जस्ता कलाकारले एक अर्कासँग सम्बन्ध तोडेर निकै अगाडि बढिसकेका छन् । यसैबीचमा, सैफ अलीले पनि अमृतासँग सम्बन्ध तोडेर करीना कपूरसँग सम्बन्ध अगाडि बढाए । सैफसँग विवाह गर्नुअघि करीना पनि शाहिद कपूरसँग सम्बन्धमा थिइन् ।

शाहिदसँग सम्बन्ध टुटेपछि करीनाले सैफसँग विवाह गरिन् । र उनी एक सन्तानको आमा पनि बनिसकेकी छिन् ।

यसैबीच, करीनाले ‘कफी विथ करन’ मा पूर्वप्रेमीको बारेमा केही खुलासा गरेकी छिन् ।

एकपटक करीना, सैफ र शाहिद एकसाथ लिफ्टमा बन्द भएको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा करीनाले निकै खुशी महसुस हुने बताइन् । ‘यो धेरै अचम्मको हुनेछ। उनीहरू दुबै फिल्म रंगुनमासँगै काम गरिरहेका छन्। तर, यो फिल्ममा म भइन भने मलाई राम्रो अनुभव हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्