कोरोनाका कारण टर्‍यो बलिउडको सबै भन्दा ठूलो टक्कर



एजेन्सी– कोरोना भाइरस महामारीका बीच मनाईरहेको इद हरेको वर्षको भन्दा यो वर्ष फरक हुनेछ र भइरहेको छ । मनिसहरूको भावना उही छ तर मनाउनेतरिका भने परिवर्तन हुनेछ। यसपटक कुनै पनि ठूला कार्यक्रमहरू सार्वजनिक भएका छैनन् ।

बलिउडका भाईजान सलमान खानले पनि यस पटक आफ्नो फ्यानहरूलाई कुनै इदी दिएका छैनन् । यस अवस्थामा निराशा छ तर त्यहाँ पनि आशा छ कि सबै चाँडै नै ठीक हुनेछ।

भारतमा लकडाउनका कारण लामो समयदेखि सिनेमा घरहरूपनि बन्दनै छन् । यस्तो अवस्थामा कनै पनि नयाँ फिल्महरू प्रदर्शनमा आएका छैनन् । तर यदि कोरोनाको संकट नभएको भए सब भन्दा ठूलो टक्कर देखिन्थ्यो । यस इदमा सलमान खानको ‘राधे’ र अक्षय कुमारको ‘लक्ष्मी बम’ प्रदर्शन हुने थिए। यी दुबै फिल्मको प्रदर्शनको मिती इदको लागि तय भएको थियो ।

एकातिर सलमान खानको राधेलाई स्थगित गरिएको छ। त्यही अक्षय कुमार लक्ष्मी बमलाई डिजिटल प्लेटफर्ममा रिलीज गर्न तयारी गर्दैछन्। यस फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा प्रशंसक निराश छन्, तिनीहरू पनि दुःखी छन् कि सलमान खानले ईदमा बर्षको सबैभन्दा हिट फिल्म दिएका थिए, बक्स अफिसको रेकर्ड तोडेका थिए, अहिले सबै शान्त छन्।

तर यस निराशाको बीचमा एउटा शुभ समाचार यो छ कि इदमा सलमान खान निश्चित रूपमा एउटा नयाँ गीत रिलिज गर्न सक्छन् । यस लकडामा सलमानले पहिले नै दुई गीतहरू रिलिज गरिसकेका छन् । त्यसैले यदि उनका तेस्रो गीत इदमा आयो भने उनका फ्यानको लागि ठूलो खवर हुनेछ ।

प्रभुदेवाले राधेलाई निर्देशन गरिरहेका थिए भने लक्ष्मी बम राघव लोरेन्सले गरिरहेका थिए। त्यहाँ दुबै फिल्महरूको बारेमा एउटा ठूलो चर्चा छ, यस्तो अवस्थामा यी दुवै फिल्महरू कहिले रिलिज हुन्छन् र दर्शकलाई राम्ररी मनोरन्जन गर्छ भन्ने चही प्रष्ट छैन।

प्रतिक्रिया दिनुहोस्