मुख्यमन्त्री भट्ट भन्छन् : सरकारको एक वर्ष निकै फलदायी भयो 



कैलाली : सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्षको कार्यकाल समग्र हिसाबले फलदायी भएको दाबी गरेका छन् । सिमित स्रोत र साधनका बावजुत पनि प्रदेश सरकारले एक वर्षमा सन्तोषजनक काम गरेको उनले बताए  । 

 

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो वर्ष कानुन निमार्णको वर्ष भएले त्यही अनुसारको कानुन बनेको बताए । 

 

उनले सुदूरपश्चिम प्रदेश सरकारले भौतिक संरचनाको अभाव र कर्मचारीको अभावका बाबजुत पनि थुप्रै काम गरेको बताए । मुख्यमन्त्री भट्टले एक वर्षको अवधिमा १७ वटा कानुन प्रमाणित, चार वटा प्रदेश सभामा प्रेश, २३ वटा विधेयकलाई मन्त्रीपरिषद्बाट सैदान्तिक सहमति प्रदान गरिएको जानकारी दिए । 

 

नेपालको संविधानको मुल मर्मअनुसार ३ तहको शासन व्यवस्थाको कार्यान्वयनलाई सहयोग पुग्ने काम प्रदेश सरकारले गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए । 

 

प्रदेशमा उपलब्ध स्रोतसाधनको जनअपेक्षा अनुरुपम प्राथमिकिरण गरी स्रोतको व्यवस्था गरिएको उनले बताए । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको राजधानी एवंम् नामाकरण गरिनु पनि मुख्य उपलब्धी भएको दावी गरे । 

 

प्रदेश सरकार गठन भए पश्चात् कार्यालय व्यवस्थापनसँगै पूर्वाधारहरु निर्माणसँगै कानुन निर्माण र दुई वटा बजेट ल्याउनु पनि उपलब्धी भएको उनले बताए । प्रदेश सरकारले एक वर्षमा कानुन निर्माण, बजेट विनियोजन र खर्च, सुशासन र मानव अधिकार प्रवर्द्धन, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, विपद् व्यवस्थापन र खेलकुदलगायत १४ वटा विषयमा उपलब्धी हासिल गरेको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्