अब नारायणहिटीकाे श्रीपेच सर्वसाधारणले पनि देख्न पाउने



काठमाडौं : संग्रहालय खुलेको एक दशकपछि नारायणहिटी दरबार संग्रहालय पुरातत्व विभागमातहत आएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।

 

लगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालय विकास समितिको नामबाट संचालन हुदै आएको संग्रहालयले विकासको गति लिन नसकेपछि मन्त्रिपरिषद् बैठकले विभागको मातहतमा राख्ने निर्णय गरेको हो ।

 

सो निर्णयसँगै विभागले संग्रहालयको गुरुयोजना निर्माण गर्न शुरु गरेको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले संग्रहालयलाई थप व्यवस्थित र आकर्षित बनाउने बताए । समाचारमा उल्लेख भएअनुसार, असोज महिनाबाटै श्रीपेच सर्वसाधारणका लागि खुला गरिने छ । याे खबर अाजकाे नेपाल समाचारपत्रबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्