चलचित्र कलाकार संघद्वारा नक्कली अश्लील भिडियो बनाउनेविरुद्ध उजुरी



काठमाडौं : इण्डियन स्पाइडर स्क्वाडले नेपाली एक दर्जन नायिकाको नक्कली अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । दुईजना नायिकाको फेक अश्लिल अश्लील भिडियो समेत सार्वजनिक गरिसकेको छ । यो क्रम बढेपछि चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोली आज महानगरिय अपराध महाशाखा, टेकु पुगेर प्रहरीलाई उजुरी बुझाएको हो छ ।

अध्यक्ष खड्काले बुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली अश्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरूको बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्