प्रदेशमा पत्रकारलाई पूर्ण स्वतन्त्रता दिइने : मन्त्री यादव



जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पत्रकार र सञ्चारमाध्यमलाई पूर्ण स्वतन्त्रताको अधिकार दिइने प्रतिबद्धता जनाएका छन ।

राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यादवले संघीय सरकारले पत्रकार र सञ्चारमाध्यममाथि बन्देज लगाउने गरी कानुन ल्याएको बताउँदै तर प्रदेश २ को सरकारले निर्माण गर्न लागेको कानुनमा पूर्ण प्रेस स्वतन्त्रता रहने बताए ।

देशकै चौथो अंग पत्रकारिता क्षेत्रलाई भनिएको छ तर त्यसमाथि अंकुश लगाइयो भने देशका सबै क्षेत्र नै प्रभावित हुन्छ, त्यसैले प्रेसलाई पूर्ण स्वतन्त्रता दिइनुपर्ने पक्षमा आफू रहेके उनले बताए ।

रासस प्रदेश २ का संयोजक हिमांशु चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ पत्रकारहरु राजेश्वर नेपाली, रामभरोस कापडी लगायतका पत्रकारहरुले पत्रकारिता क्षेत्रले प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिकामाथि प्रकाश पारेका थिए ।  

प्रतिक्रिया दिनुहोस्