पर्सामा पनि मनाइयो प्रजातन्त्र दिवस



पर्सा : पर्सामा ६९ औं प्रजातन्त्र दिवस मनाइएको छ । त्यस अवसरमा मंगलबार वीरगन्जमा प्रभातफेरी निकालियो। जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक मोहम्मद मियाँको नेतृत्वमा वीरगन्जको घण्टाघरचोकबाट निकालिएको प्रभातफेरी भएको थियो ।

प्रभाफेरीपछि आयोजित कोणसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालगायतले राजनीतिक संक्रमणकालपछि अबका दिनमा समृद्धि प्रयासमा जुट्नुपर्ने बताए ।

जिससका प्रमुख मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा एमालेका नेता प्रभु हजारालगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए । 

यसैगरी राष्ट्रिय सरोकार मञ्च नेपाल पर्साले पनि ६९ औं प्रजातन्त्र दिवस तथा पूर्वरानी कोमलराज्य लक्ष्मीदेवी शाहको ६९ औं जन्मोत्त्सव मनाएको छ । वीरगन्जको घण्टाघरचोकमा आयोजित कार्यक्रममा मञ्चले अतिविपन्न २५ परिवारका २५ महिलालाई साडी तथा फलफूल वितरण गरी यो दिवस मनाएको मञ्चका संयोजक नन्दकिशोर गोयलले बताए ।

प्रतिक्रिया दिनुहोस्