२५ किलो गाँजासहित ३ जना पक्राउ



जनकपुरधाम : जनकपुरधामको बसपार्कबाट २५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । वीरगन्जबाट महोत्तरी हुँदै भारत निकासी गर्न लागिएको अवस्थामा प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । 

दुई/तीनवटा बोरामा प्याक गरी बसबाट झारेर इलेक्ट्रिक रिक्सामा लाग्न राख्दा शङ्का लागेपछि प्रहरीले चेक गर्दा गाँजा फेला पारेको थियो । पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन । 

प्रत्यक्षदर्शीले पक्राउ पर्नेहरूमा दुई महिला र एक पुरुष रहेको बताएपनि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीले तत्कालै विस्तृत जानकारी दिन नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्