कोरोनाभाइरस चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहार



काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका छन् ।

उनले शुक्रबार एक ट्वीट गर्दै कोरोनाभाइरसलाई चीनको सबभन्दा खराब उपहार भनेका छन् ।

अमेरिकामा कोभिड–१९ को कारण थप १ लाखभन्दा बढी मानिसहरुको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकामा हालसम्म कोरोनाको कारण करिब १ लाख मानिसको ज्यान गइसकेको छ र यो संख्या अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ । ट्रम्पले मृतकको परिवारप्रति सम्बेदना व्यक्त गर्दै यस घटनालाई निकै नै दुःखद बताएका छन् ।

’न्यूयोर्क टाइम्स’ को रिपोर्टअनुसार कोरोनाले ज्यान गुमाएका संख्या कोरियाली युद्धमा ज्यान गुमाएका अमेरिकी सेनाको संख्याभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्