भरियाको कथामा आधारित नेत्र गुरुङको छोटो चलचित्र ‘नाम्लो’ सार्वजनिक



काठमाडौं : नेत्र गुरुङको कथा, सम्पादन तथा निर्देशनमा फेरी अको छोटो चलचित्र ‘नाम्लो’ सार्वजनिक भएको छ । योभन्दा अघि गुरुङले लकडाउनको समय सदुपयोग गर्दै राहत, बसाई, घर जस्ता छोटो चलचित्रहरु सार्वजनिक गरिसकेका छन् । यस छोटो चलचित्र ‘नाम्लो’मा दानबहादुर पात्रमा कलाकार प्रकाश घिमिरे फिचर्ड छन् ।

११ मिनेट लामो यस छोटो चलचित्रमा नाम्लो बोक्ने भरियाको कथालाई समेटिएको छ । समसामयिक विषयवस्तु मजदुरलाई परेको मर्का, व्यथा र घरभेटीको किचकिच यस्तैयस्तै विषयलाई चलचित्र मार्फत दर्शाउन खोजिएको छ । यस चलचित्रमा ड्रोन मिलन थापा, कलर किरणराज थापा, पब्लिसिटी डिजाइन सबिन गायक, प्रोडक्शन म्यानेजर विजयराज अधिकारी, लाइभ साउण्ड रेकर्ड रोहन नेपाली, एसिस्टेन्ट डिरेक्शन भरत छन्त्याल, पोष्ट प्रडक्शन नेत्र इन्टरटेनमेन्टको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्