दशगजा क्षेत्रको भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन



काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ ।

सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न शुक्रबार बसेको बसेको समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिँदै समितिले भनेको छ –‘अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्ने ।’

समिति सभापति शशी श्रेष्ठका अनुसार नेपाल र भारत दुबैतर्फका हटाउन आवश्यक छ । नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका पनि हटाउन आवश्यक छ । यसका लागि सरकारले आवश्यक समन्वय गरिने छ ।

यसैगरी, समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्देशन समिति सदस्यहरुलाई सुनाउँदै उनले भनिन्– ‘ठूला नदीमा सीमा स्तम्भ बन्नुपर्‍यो । भारत सरकारले नबनाए नेपाल सरकारले आफैँ बनाउनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्