कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी’ युट्युबमा सार्वजनिक



काठमाडौं : सञ्चारकर्मी केएलद्वारा निर्देशित चलचित्र ‘लावाजुनी’ युट्युबमा सार्वजनिक भएको छ । यस चलचित्र कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथामा आधारित छ । थारु भाषामा ‘लावाजुनी’ भनेको नेपालीमा यसको अर्थ ‘नयाँ जीवन’ हुन्छ । यस चलचित्र २०७५ सालमा निर्माण भएको थियो । लडकाउनका कारण लामो समयसम्म हल बन्द रहने स्थिति आएपछि चलचित्रलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ । लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने चलचित्रमा श्रीधर कुमार लम्साल, रिना बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी रहेको छ । यस चलचित्रका गीतमा सन्तोष श्रेष्ठको संगीत र कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर छ ।

प्रतिक्रिया दिनुहोस्