वेस्ट ईन्डिज क्रिकेट बोर्डले क्रिकेटरको तलब ५० प्रतिशतले कटौती गर्ने



एजेन्सी : वेस्ट ईन्डिजको क्रिकेट बोर्डले खेलाडी र कर्मचारीको तलब रकममा ५० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण बोर्डले खेलाडी, कर्मचारी, अम्पायर र प्रशिक्षकको तलबमा ५० प्रतिशत कटौती गर्ने निर्णय लिएको हो ।

बोर्डले तलब कटौतीको निर्णय जुलाई एकबाट सुरु हुने बताएको छ । अस्थायी रुपमा कटौती गरिएको तलब ३ देखि बढीमा ६ महिनासम्म रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्