कमेडी च्याम्पियनका खबपु अभिनित राष्ट्रिय गीत ‘सरर लिपुलेक’ (भिडियो)



काठमाडौं : भ्वाईस अफ नेपाल सिजन २’ मा सहभागि पृथ्वी खनालको स्वरमा ‘सरर लिपुलेक’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा पृथ्वी र डम्वर हिंमाङ्गको शब्द, डम्बरको संगीत तथा देवेश राईको संगीत संयोजन रहेको छ । नेपाल र भारतको सीमा विवादलाई समेटेर तयार पारिएको यस राष्ट्रिय गीतमा कमेडी च्याम्पियनबाट चर्चामा आएका खड्ग बहादुर पुन अर्थात खबपु र अन्य कलाकर्मीहरु फिचर्ड छन् ।

सञ्चारकर्मी हरि पुन मगरको निर्देशन तयार भएको यस भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका छन् । यस गीतलाई गायक पृथ्वीले आफ्नै अफिशियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्