इन्गेजमेन्ट भयो तर विवाह हुन नसकेको बलिउड जोडी



एजेन्सी : बलिउडका कलाकार बीचको प्रेम, रोमान्स, विवाह र सम्बन्ध विच्छेदको खबर प्रायः जसो आइरहेको हुन्छ । बलिउडमा यस्तो कयौं जोडीहरु छन्, जसले इन्गेजमेन्ट त गरे तर विवाह गरेनन् ।

यस्ता कलाकारहरुमा अभिषेक बच्चन–करिश्मा कपुर, अक्षय कुमार–शिल्पा शेट्टी, अक्षय कुमार–रवीना टन्डन,  करिश्मा तन्ना–उपेन पटेल, विवेक ओबराय–गुरप्रीत गिल, साजिद खान–गौहर खान, सलमान खान–संगीता विजलानी, नील नितिन मुकेश–प्रियंका भाटिया लगायतका रहेका छन् ।  

केही फिल्ममा सँगै काम गरेका बलिउड जोडी करिश्मा कपुर र अभिषेक बच्चनले पाँच वर्षसम्म एक अर्कालाई डेट गरेका थिए । उनीहरुले सन् २००२ को ११ अक्टोबरमा बुवा अमिताभ बच्चनको जन्मदिन पारेर इन्गेजमेन्ट पनि गरेका थिए । तर इन्गेजमेन्ट भएको केही महिनापछि नै उनीहरुको सम्बन्ध बिग्रेको थियो । कतिले यसमा करिश्माको आमा बविताको हात भएको बताउँछन् । त्यसको केही समयपछि करिश्माले व्यापारी सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । त्यसको केही वर्षपछि नै करिश्माको सञ्जयसँग पनि डिर्भोस भयो ।

अभिषेकले पनि नायिका ऐश्वर्या रायसँग विवाह गरिसकेका छन् । अभिषेक बच्चन–करिश्मा कपुरले एक साथ फिल्म ‘हा मैने भि प्यार किया’ मा काम गरेका थिए ।

बलिउडमा अक्षय कुमार–शिल्पा शेट्टीको जोडीलाई सुपरहिट जोडी मानिन्थ्यो । यिनीहरुको जोडी स्क्रीनमा धमाल गर्दै थियो । यिनीहरुको प्रेम कहानी बलिउडमा निकै चर्चित छ । उनीहरुबीच लामो समय प्रेम सम्बन्ध रहेको थियो । शिल्पा अक्षयसँग विवाह गर्न चाहन्थिन् । तर जब शिल्पाले अक्षय र ट्वींकल बीचको प्रेम सम्बन्धबारे थाहा पाईन् तब उनले अक्षय सँगको सम्बन्धलाई तोडिन् ।

शिल्पाले अहिले व्यापारी राज कुन्द्रासँग विवाह गरिसकेकी छिन् । अक्षय कुमार–शिल्पा शेट्टीले एकसाथ काम गरेका फिल्महरुमा ‘मै खेलाडी तु अनाडी’, ‘इन्साफ’, ‘जानवर’ र ‘धड्कन’ रहेको छ ।

बलिउडको सुपरहिट जोडीमा अक्षय कुमार–रवीना टन्डन पर्थे । रवीनाले एक कार्यक्रममा मन्दिरमा आफुहरुले इन्गेजमेन्ट गरेको खुलासा पनि गरेकी थिइन् । यस खबरले बलिउड नै तरंगीत भएको थियो । उनीहरुको प्रेम सम्बन्धले विवाहको रुप लिँदै थियो तर जब रवीनाले अक्षय अरु युवतीसँग पनि डेटमा रहेको थाहा पाईन् तब उनले अक्षयलाई छाडिदिइन् । त्यसपछि रवीनाले अनिल थाडानीसँग विवाह गरिन् ।

अक्षय कुमार–रवीना टन्डनले एकसाथ काम गरेका फिल्महरुमा ‘मोहरा’, ‘बारुद’, ‘खेलाडीयोका खिलाडी’, ‘पुलिस फोर्स’, ‘मै खेलाडी तु अनाडी’, ‘आन’, ‘किमत’ र ‘धावा’ रहेको छ ।

सलमान खान बलिउडका हट केक हुन् । उनको प्रेम सम्बन्ध र विवाहको चिन्ता हरेक शुभचिन्तकलाई छ । सलमानको बायोग्राफीका अनुसार सलमान र संगीताको विवाहको मिति पनि तय भइसकेको थियो । तर उनीहरुको विवाह हुन सकेन । खबरअनुसार सलमानले संगीतालाई धोका दिइरहेका थिए । यसको जानकारी संगीताले पाएपछि रिसले चुर उनले विवाह नै तोडेकी थिइन् । संगीताको विवाह क्रिकेटका पूर्व कप्तान मोहमद अजहरुद्दीनसँग भएको थियो । तर सलमान अझै अविवाहित छन् ।

फिल्ममा आउनुअघि नै विवेक फिल्मी दुनियाँभन्दा टाढाकी गुरप्रीत गिलसँग सम्बन्धमा थिए । उनीहरुको प्रेम मिडियामा पनि सार्वजनिक भएको थियो । तर विवेक फिल्ममा आएपछि उनीहरुको सम्बन्ध तोडियो । विवेकले अहिले प्रियंकासँग विवाह गरेका छन् ।

बिगबोसको घरमा प्रेममा परेका जोडी करिश्मा तन्ना र उपेन पटेलले सार्वजनिक रुपमा आफ्नो प्रेम स्वीकार गरेका थिए । उनीहरुले डान्स रियालिटी सो नच बलिए ७ मा राम्रो केमेस्ट्री प्रस्तुत गरेका थिए । उपेनले सार्वजनिक रुपमै करिश्मालाई इन्गेजमेन्टको अंगुठी लगाइदिएका थिए । तर केही समयको प्रेम सम्बन्ध र इन्गेजमेन्टपछि करिश्मा र उपेनको प्रेम सम्बन्धमा ब्रेक लाग्यो । अहिले उनीहरु अलग भएका छन् ।

साजिद खान–गौहर खानले सफलता पाउनको लागि केही समय इन्गेज भएका थिए । तर उनीहरुको सम्बन्ध धेरै समय टिक्न सकेन ।

नील नितिन मुकेश–प्रियंका भाटियाले दुई वर्षसम्म एक अर्कालाई डेट गरेका थिए । यो जोडी विवाहको अन्तिम तयारीमा थिए । तर नीलले एक्कासी प्रियंकासँग सम्बन्ध तोडी दिएका थिए । निलले यस बारेमा आजसम्म केही खुलाएका छैनन् ।

  

प्रतिक्रिया दिनुहोस्