‘कबड्डी ३’मा प्रदीप खड्का



काठमाडौं : आजकल फिल्महरुको सिक्वेल बन्नु कुनै अनौठो कुरा होइन । अहिले यदि कुनै फिल्म रिलिज भएर हिट भयो भने त्यसको सिक्वेल बनाउने चलन चलेको छ ।

यस्तै ‘कबड्डी’ र ‘कबड्डी २’ को सफलतापछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ फिल्मको तेस्रो सिक्वेल बनाउनेतर्फ लागेका छन् । उनले निर्देशन गरेका फिल्म ‘साँइली’ चैत १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी ‘कबड्डी’ फिल्मको तेस्रो सिक्वेलको निर्देशनमा लाग्ने छन् ।

यस फिल्ममा ‘कबड्डी’ देखि नै पर्दामा देखिएका नायक दयाहाङ राईले काम गर्ने पक्का छ । यसपटक यस फिल्ममा चकलेटी अनुहारका कारण चर्चामा रहेका नायक प्रदीप पनि प्रवेश हुने देखिएको छ ।

नायक खड्काले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाह गरेकोजस्तै भूमिका निर्वाह गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्