मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाईते



धनगढीः धनगढीमा मोटरसाईकल एक आपसमा ठोक्किदा ४ जना घाईते भएका छन् ।

दुई जना मोटरसाईकल चालक र दुई जना मोटरसाईकलमा सवार गरी ४ जना घाईते भएका हुन् ।

से ७ प ३०६१ नं.को मोटरसाईकल र से ६ प ८८६ नं.को मोटरसाईकल एक आपसमा ठोक्किँदा ४ जना घाईते भएका हुन् । से ६ प ८८६ नम्वरको मोटरसाईकलका चालक धनगढी-४ का २८ वर्षिय योगेन्द्र खडका र मोटरसाईकलमा सवार धनगढी-३ का प्रेम बुढा तथा से ७ प ३०६१ नं.को मोटरसाईकलका चालक बझाङ मष्टा गाउँपालिका ५ का २४ वर्षिय चिरिन्जवी बोहरा र सवार २६ वर्षिय महमोद आलम घाईते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको चटकपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्