फर्मुला वान प्रतियोगिता जुलाईबाट सुरु हुने



एजेन्सी : फर्मुला वानको प्रतियोगिता आगामी जुलाईबाट सुरु हुने भएको छ । फर्मुला वानले एक विज्ञप्ति निकाल्दै कोरोनाका कारण रोकिएको प्रतियोगिता जुलाईबाट सुरुवात हुने जनाएको छ ।

यस वर्षको पहिलो प्रतियोगिता जुलाईमा अष्ट्रियामा हुनेछ । वर्षको पहिलो प्रतियोगिता अष्ट्रियन ग्राण्ड प्रिक्स जुलाई ३ देखि ५ सम्म हुनेछ ।

यस्तै जुलाई १० देखि १२ मा अष्ट्रियामै अर्को प्रतियोगिता हुनेछ । यस वर्ष युरोपमा फर्मुला वानको आठ प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्