पाँच पटकको विश्व च्याम्पियन मेवेदरले फ्लोयडको दाहसंस्कारको खर्च व्यहोर्ने



एजेन्सी : अमेरिकी बक्सर फ्लोयड मेवेदरले प्रहरीको नियन्त्रणमा ज्यान गुमाएका अमेरिकी नागरिक जर्ज फ्लोयडको दाहसंस्कार गर्दा लाग्ने खर्च व्यहोर्ने भएका छन्।

पाँच पटकको विश्व च्याम्पियन मेवेदरले आज जर्जको दाहसंस्कार गर्दा लाग्ने खर्च व्यहोर्ने घोषणा गरेका हुन् । अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।

काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले अमेरिकामा आन्दोलन चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्