यी हुन् अल्सर हुनबाट बच्ने उपाय



काठमाडौं: हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा  ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।

– अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । सकभर खाली राख्नुहुँदैन । 

– बढी चिल्लो, अमिलो, पिरो सेवन नगर्ने । त्यस्तै, सकभर जंकफुड नखाने ।

– धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने । 

– दुखाइबाट बचाउने (पेनकिलर) र बाथरोगको औषधिको नियमित सेवनबाट समेत अल्सर हुने गर्छ । यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने । 

– अल्सर गराउने किटाणुको संक्रमणबाट बच्नुपर्छ । खानामा जथाभाबी मसाला, रङ आदि प्रयोग गर्नुहुँदैन  । 

– सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ । नयाँपत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्