फ्लोयड हत्या प्रकरणमा चेल्सी खेलाडीको पनि विरोध



एजेन्सी : अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले विरोध जनाएका छन् । चेल्सीका खेलाडीले मंगलबार उनीहरुले न्याय पाउनुपर्ने भन्दै प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् ।

यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए । अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्