६ ग्रहहरुको उल्टो (वक्री) चाल मा लाग्ने तीनवटा ग्रहण को हुन्छ दूरगामी असर



ज्योतिष सम्राट पण्डित पुरुषोतम दुबे
विश्लेषक (वीरगन्ज, पर्सा )

सूर्य व चंद्र ग्रहण लाई वैज्ञानिक खगोलीय घटना भन्छन तर ज्योतिषानुसार चंद्र व सूर्य ग्रहण पृथ्वी मा बस्ने जीव र मनुष्यमा प्रत्यक्ष असर हुन्छ ।

ज्योतिष शास्त्रको हिसाब ले ग्रहण केहि व्यक्तिको लागि लाभ हुन्छ भने केहि व्यक्ति को लागि हानिकारक साबित हुने सम्भावना हुन्छ ।

आउने महिनामा दुईवटा चंद्र र एक सूर्य ग्रहण लाग्ने छ । यस्तो महासंयोग सयौ बर्ष पछि एक महिनाको भित्र नै १ सूर्य व २ चंद्र ग्रहण को योग बनेको छ । ज्योतिषानुसार सूर्य व चंद्र ग्रहण को योग छ जून देखि छ जुलाई को बीच बनेको छ । ३० दिन को भित्र ३ ग्रहण लाग्नु को कारण प्राकृतिक आपदा, संकट जस्तो दुष्परिणाम पनि देखा पर्ने छ ।

ग्रहणहरु को विवरण
ज्येष्ठ २३ गते शुक्रवार, छ जून को राति नेपाली समय ११.२७ बजेबाट शुरू भई २.४९ बजेसम्म चंद्र ग्रहण लाग्ने छ । यो बेला शुक्र वक्री व अस्त रहने छ । आषाढ २१ गते आइतबार, ५ जुलाई को दिन पनि चंद्र ग्रहण लाग्ने छ । आषाढ ७ गते आइतबार, २१ जून को दिन फेरी सूर्य ग्रहण लाग्ने छ । ज्योतिष शास्त्र पंचांग अनुसार सूर्य ग्रहणको दिन ६ वटा ग्रह वक्री रहने छन ।

चंद्रग्रहण यही २ दिन पछि ५ जून को लाग्ने छ । यो ग्रहण ३ घंटा १८ मिनटको हुनेछ । यो एक पेनुमब्रल चंद्र ग्रहण हो त्यसैले ज्योतिष दुबेको अनुसार उपच्छाया चंद्र ग्रहण भएको कारण धार्मिक रुपमा सूतक कालको मान्य हुँदैन । २१ जून को दिन सूर्य आंशिक ग्रहण नेपाली समयानुसार प्रातः काल ९ः२७ बजे देखि शुरू भई १२ः२५ बजे मध्य र बेलुकी ३ः१९ बजे आंशिक ग्रहण समाप्त हुनेछ । यो ग्रहणको सूतक काल १२ घंटा पुर्व लाग्ने छ ।

ज्योतिषशास्त्र अनुसार २१ जून को दिन लाग्ने सूर्य ग्रहण ६ ग्रह (बुध, गुरु, शुक्र, शनि राहु व केतु) वर्की रहने छन । यो ६ वटा ग्रहहरुको एकसाथ वक्री भएकोले गर्दा देश (दुनियाको लागि संकट जस्तो प्रतिपÞmल आउने संभावना रहने छ । ज्योतिषहरु को विचार ले ग्रहण बाट पृथ्वीमा प्राकृतिक आपदा आउने प्रबल संभावना छ । २१ जून २०२० को दिन लाग्ने सूर्य ग्रहण को प्रभावले ज्योतिष दुबे अनुसार यो सूर्य ग्रहणको विश्वव्यापी अर्थव्यवस्था को संकट को देखा पर्ने छ भने अर्को तर्फ कोरोना महामारी को असर १८ सितम्बर बाट कम हुनेको सुरुवाती संकेत प्राप्त हुनेछ ।
२१ जून को दिन मिथुन राशिमा अमावस्या तिथि मृगशिरा नक्षत्रमा सूर्य ग्रहणको समयमा ६ ग्रह (शनि, गुरु, शुक्र, बुध, राहु व केतु ) वक्री अवस्थाको साथै आइतबारको दिन भएको ले यसलाई चूड़ामणि ग्रहण भन्न सकिन्छ ।

ज्योतिषीय पंचाग अनुसार वलयाकार यो ग्रहण नेपालरभारत समेत गरी दक्षिण (पूर्व यूरोप, हिन्द महासागर, प्रशांत महासागर, अफ्रीकामा पनि देखा पर्नेछ ।

यो ग्रहणको प्रभाव ले देश ग्रामीण अर्थव्यवस्था लाई राम्रो तुल्याउनु विशेष कठिनाईको सामना गर्नुपर्नेको संकेत प्राप्त भई रहेको छ । लघु उद्योगोंलाई पुनर्जीवित को लागि विशेष पहल गर्नुपर्ने स्थिति आउने छ । कृषि व बागवान सेक्टरको लागि यो समय अति शुभ रहनेछ । देशको अर्थव्यवस्था पुनः सुधार स्थितिमा आउने छ । यो ग्रहण मिथुन राशि र मृगशिरा नक्षत्रमा भएको ले मिथुनराशि तथा वृश्चिक जातकले ग्रहण बाट अतिनै बढ़ी प्रभावित हुने छन । यो ग्रहणको समयमा ६ ग्रह वक्री को साथै मंगल जलीय राशि मीनमा बसेर सूर्य चंद्रमा बुद्ध व राहू को दृष्टि मा छ त्यसैले यो राम्रो संकेत होइन ।

समुन्द्र मा चक्रवात, तूफान, व हिंसक युद्ध जस्तो योग र अत्यधिक बर्षा जस्तो प्राकृतिक प्रकोप पूर्वोत्तर एशिया एवम यूरोपीयन क्षेत्रमा देखा पर्ने सम्भावना छ । शनि, मंगल र गुरु को प्रभाव ले विश्वमा अत्यधिक देशहरु मा आर्थिक संकटको असर एक वर्ष सम्म देखा पर्ने योग छ । केहि देशको बीचमा मतभेद बढ़ने पनि योग छ ।

यो सूर्य ग्रहण मेष, कन्या व मकर राशिको लागि शुभ, वृष, कर्क राशि को लागि धन व यशको हानि, मिथुन राशि को जातक लाई वाहन दुर्घटना को भय, सिंह राशि को लागि अचानक धन लाभ हुने, तुला राशि को लागि आफ्नो वाणी माथि नियंत्रण गर्नु उचित रहने, वृश्चिक राशि को लागि यो समय कष्टकारी, धनु राशि को लागि स्त्रीवर्ग मा स्वास्थ्य चिंता, कुंभ व मीन राशि को लागि पारिवारिक व कार्यक्षेत्रमा केहि मानसिक चिंता हुने ग्रहण फल छ भने ॐ नमो भगवते वासुदेवाय मन्त्र को जप तथा गरीब को सहयोग दान पुण्य गर्नाले सबै संकटहरु बाट छुटकारा मिलने छ ।

प्रतिक्रिया दिनुहोस्