वेष्ट इण्डिजका तीन खेलाडीले इंग्ल्यान्डविरुद्धको टेष्ट क्रिकेट नखेल्ने



एजेन्सी : वेष्ट इण्डिजका तीन खेलाडीले इंग्ल्यान्डविरुद्धको टेष्ट क्रिकेट नखेल्ने भएका छन् । कोरोना भाइरसको कारण वेष्ट इण्डिजका ब्याट्सम्यान शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले इंग्ल्यान्ड भ्रमण नगर्ने भएका हुन् ।

वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन खेलको टेष्ट सिरिज खेल्दैछ । दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्