गर्मि मौसममा छालालाई जोगाउने तरिका



एजेन्सी : गर्मी सुरू भएसँगै हामीलाई छालाको सुरक्षा गर्न के गर्ने भन्ने चिन्ताले सताउन थाल्छ । तर यस्तो चिन्ता हुनु स्वाभाविक पनि हो । छालाको समयमा हेरचाह गरेनौँ भने छालासम्बन्धी विभिन्न समस्याले सताउन थाल्छ । त्यसैले समस्या आउनुभन्दा अघि नै घाम वा घरैभित्र पनि कसरी छालालाई जोगाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

विशेष गरेर आफ्नो छाला कस्तो प्रकारको छ । सोही अनुसार हामीले फेसवास र सनस्क्रिम लगाउनुपर्छ । कतिपय मानिसको बानी वा स्वाभाव कस्तो हुन्छ भने आफ्नो छालाका वास्ता नगरी फेस क्रिमको प्रयोग गरिरहेका हुन्छन्, तर त्यस्तो गनुहुँदैन । जहिले पनि आफ्नो छाला कुन प्रकारको हो सोही अनुसारको सनस्क्रिम लगाउनुपर्छ ।

गर्मी महिनामा घाम बढी तातो हुने हुँदा सनस्क्रिम लगाउनुपर्छ । गर्मीमा धुलो र धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझै असर गर्छ । जसले गर्दा छाला कालो र फुस्रो बनाउँछ । त्यस्तो समस्याबाट बच्न राम्रोसँग अनुहारमा सनस्क्रिम लगाउनुपर्छ भने अन्य छालामा जेलयुक्त मोस्चाराईजरको प्रयोग गनुपर्छ ।

त्यसैगरी घरभित्र छुँ किन लगाउनुपर्‍यो मोस्चराइजर र सन्स्क्रिम भन्ने भ्रम हुनसक्छ, त्यस्तो पनि गनुहुँदैन् । घरभित्र बस्दा पनि राम्रोसँग जेलयुक्त सन्स्क्रिम लोसनयुक्त मोस्चराइजर लगाउनुपर्छ । अझ कम्प्युटरको स्क्रिनमा बसेर काम गर्दा कम्प्युटरबाट एक प्रकारको रेडियसन निस्कन्छ । जसले हाम्रो छालालाई असर गरिरहेको हुन्छ । त्यस्तो रेडियसनबाट बच्न दिनमा सन्स्क्रिम ३ देखि ४ घण्टाको फरकमा अनिवार्य नै प्रयोग गनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्