बालकालिकालाई परिवर्तित समाजको ज्ञान दिँदै अक्षर विद्या मन्दिर



जनकपुर : बदलिँदो परिवेशलाई मध्यनजर गर्दै बालबालिकालाई आधुनिक समाजको जानकारी दिन जनकपुरधाम स्थित एक विद्यालयले ४ दिने कार्यक्रम आयोजना गरेको छ ।

जनकपुरधामको अक्षर विद्या मन्दिरले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय स्तरमा बालबालिकाहरूलाई प्रतिस्पर्धी बनाउन नृत्य, गायनलगायत अतिरिक्त क्रियाकलापसँगै समाज र विश्वमा भइरहेका विकासका बारेमा जानकारी दिन विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रवार पहिलो दिन स्थानीय लोक नृत्य, देशका विभिन्न समुदायमा गरिने नृत्य र अन्तर्राष्ट्रिय स्तरका कोरियन, भारतीय, ज्यापनीज, अरेबियनलगायत देशका नृत्य आयोजना गरिएको विद्यालयका प्रिन्सिपल प्रकाश कुमारले जानकारी दिए ।

कार्यक्रमको दोस्रो दिन मानव विकासको विभिन्न ७ चरणसहित परापूर्वदेखि आधुनिक समाजको जानकारी, तेस्रो दिन आधुनिक प्रविधि र सामाजिक सञ्जालबाट हुने फाइदा तथा बेफाइदा बारे जानकारी र अन्तिम दिन सीताको वीरतामा आधारित मिथिलाको योद्धा नाटक प्रदर्शन गरिने विद्यालयले जनाएको छ । 

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेहीलाल यादव, विभिन्न शैक्षिक संघसंगठनका प्रतिनिधि, राजनीतिक दलका नेता तथा अभिभावकहरूको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्