च्याम्पियनसिपका ९ खेलाडी तथा स्टाफमा कोरोना पुष्टि



एजेन्सी : इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका ९ खेलाडी तथा स्टाफमा कोरोना भाइरस पुष्टि भएको छ।

इंग्लिस फुटबल लिगले ६ क्लबमा गरेको परिक्षणमा ९ खेलाडीमा कोरोना देखिएको जनाएको छ । पछिल्ला चार दिनमा १ हजार ९४ जनामा कोरोना टेष्ट गर्दा ९ जनामा पोजेटिभ देखिएको हो ।यस अघि १० खेलाडीमा कोरोना देखिएको थियो ।

कोरोनाको कारण स्थगित च्याम्पियनसिप अर्को महिनाबाट सुचारु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्