गर्भनिरोधक औषधिले बदलिन्छ महिलाको स्वभाव



काठमाडाै‌ं: हालैको एउटा अध्ययनको दाबीअनुसार गर्भनिरोधक चक्की लिने महिलामा अनुहारको हाउभाउ पढ्ने क्षमता प्रभावित हुन्छ। यसले तिनको अन्तरंग सम्बन्धमा समेत असर गर्नेछ ।

यो अध्ययन ‘फ्रन्टियर्स इन न्युरोसाइन्स’ मा प्रकाशित छ। अध्ययनका अनुसन्धाताले गर्भनिरोधक औषधि लिइरहेका र नलिएका दुई समूहका महिलालाई खुसी र डरजस्तो सामान्य हाउभाउ नभई गर्व या अपमानजस्तो जटिल भावनात्मक प्रतिक्रिया चिन्न लगाए।

अनि गर्भनिरोधक चक्की लिने महिलामा भावनात्मक पहिचानमा हुने सूक्ष्म परिवर्तनलाई ख्याल गरे। अध्ययनअनुसार त्यस्तो औषधि उपयोग नगर्ने महिलाको दाँजोमा सेवन गर्ने महिलामा १० प्रतिशत वढी असर देखियो। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्