अनमोल र सुहाना तुलसीको बिरुवा रोप्दै स्कोन हरेकृष्ण मन्दिरमा



काठमाडौं : चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकन लकडाउनको कारण स्थगित भएपछि अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फुर्सदमा छन् । निर्जला एकादशी अर्थात तुलसीको रोप्ने दिन अनमोल र सुहाना बुढानिलकण्ठ अवस्थित स्कोन हरेकृष्ण मन्दिरमा पुगेका थिए । त्यहा उनीहरुले त्यसदिन बारीमा तुलसीको बिरुवा रोपेका छन् ।

साथै अमोलले मन्दिरमा गितार बजाउँदै भजन समेत गाए भने सुहानाले जल अर्पण पनि गरिन् । कृष्ण भत्त अनमोल र सुहाना दुबै शाकाहारी हुन् । ए मेरो हजुर ३ मा साथ देखिएको यो जोडी पुनः ए मेरो हजुर ४ मा देखिन लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्