ट्रकको ठक्करबाट  दुईजना गम्भीर 



सिरहा: सिरहा गोलबजारस्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । ना २ ख ५४३८ नम्वरको मालबाहक ट्रकले विपरित दिशाबाट आउदै गरेको ज ६ प २६०० नम्वरको  मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नरहा गाउँपालिका ३ खोरियाका १७ वर्षीय  मोहम्मद कैसीर र अर्नामा १ महनौरका जबुदिन अन्सारी गम्भीर घाइते भएको गोलबजार प्रहरीले बताएको छ । घाइते दुवै जनाको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्रक र ड्राइभर गोलबजार प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्