सरकारले जारी गरेको गाइडलाइन विपरीत पठाइएका नमूनाको कोरोना परीक्षण नगरिने



काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सरकारले जारी गरेको ‘नेशनल टेष्टिङ गाइडलाइन कोभिड१९’ विपरीत पठाइएका नमूना परीक्षण नगर्ने जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै प्रयोगशालाकी निर्देशक डा रुणा झाले परीक्षणका लागि नमूना पठाउँदा निर्देशिका पालना गरी निर्देशिकाको कुन व्यवस्था अनुसार नमूना पठाइएको हो सो समेत स्पष्ट पार्न निर्देशन दिएकी छिन्।

देशभरका पिसिआर टेष्टिङ ल्याबहरुलाई निर्देशिका अनुसार मात्र नमूना परीक्षण गर्न सूचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्