राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रिपुर्ण खेल खेल्ने



काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रिपुर्ण फुटबल खेल खेल्ने भएको छ। खेल आगामी चैत १२ गते मलेसियाको घरेलु मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा स्विडेनका जोहान कालिनलाई अनुबन्धन गरेपछि एन्फाले राष्ट्रिय टिमले खेल्ने मैत्रिपुर्ण म्याचको खेल तालिका सार्वजनीक गरेको हो।

नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि कालिनको पहिलो खेल र पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। यसअघि अफगानिस्तानसँग मैत्रिपुर्ण म्याच खेलाउने तय भएपनि पुर्वाधारको कारण देखाउँदै उसले अन्तिम समयमा आएर खेल रद्व गरेको थियो।

बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप पछाडी राष्ट्रिय फुटबल टिमले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय म्याच हो। टोलीमा प्रमुख प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्नेछन्। यसअघि उनी राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्