प्लेअफ दौडबाट बाहिरियो पञ्जाब



काठमाडौँ। पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ।  शुक्रवार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरुले ६० रनले पराजित गरेसँगै पञ्जाब प्लेअफको दौडबाट बाहिरने दोस्रो टोली बनेको हो।

आरसिबिका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक ९२ रन बनाए । रजत पतिदरले २३ बलमा ३ चौका र ६ छक्का सहित ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे ।

पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने विधवथ काभेराप्पाले २ तथा अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए । जवाफमा आरसिबिले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोन्नी बेयर्सटोले २७ तथा स्याम करनले २२ रन बनाए ।

आरसिबिका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले २-२ विकेट लिए । जित पछि सातौं स्थानमा रहेको आरसिबिको १२ खेलमा १० अङ्क पुगेको छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्क सहित नवौँ स्थानमा छ । आईपिएलमा शुक्रवार हुने खेलमा गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्