अाज स‌विधान दिवस, यस्ताे छ सरकारकाे कार्यक्रम



काठमाडाै‌ : आज असोज ३ अर्थात् संविधान दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियाे ।

 

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

 

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी. प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

 

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।

चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ ।

 

यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दै आएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । महानगरका अनुसार सर्वसाधारणका लागि बस्न कुर्सी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । नेपाल कृषि

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे