नेपाली फुटबलको विकास गर्छु : प्रशिक्षक कलिन



काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताए।

प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर र चुनौती दुवै रहेकाले आसन्न साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने आफ्नो उद्देश्य रहेको बताए। विसं २०७० मा काठमाडौँमा भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उनी नेपाल आएका थिए। सो प्रतियोगितामा कलिनको प्रशिक्षणमा रहेको मच्छिन्द्र क्लब दोस्रो भएको थियो। एन्फाले स्विडेनका नागरिक कलिनसँग दुई वर्षका लागि सम्झौता गरेको छ। 

प्रतिक्रिया दिनुहोस्