सिरहामा एक युवककाे शव फेला



सिरहा : धनगढीमाई नगरपालिका ७ कसहाको टेना टोलमा एक युवककाे शव फेला परेकाे छ । 

 

प्रहरीले उक्त घटनालार्इ हत्या भएकाे बताएकाे छ । शव सोमबार बिहान  भेटिएको हाे । धनगढीमाई नगरपालिका ९ महुवा डाँडा घर भएका करिब १८ वर्षीय जिलासकुमार यादवको शव भेटिएको हो । खेततिर जाँदै गरेका गाउँलेले सोमबार बिहान मसलाको रुख भएको बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

कसहाको पूर्वपश्चिम सडकदेखि करिब ५० मिटर उत्तरतिर शव भेटिएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट आएको प्रहरी टोलीले घटनास्थल सिल गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार घटनास्थलकाे प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहान पठाइएकाे छ ।

 

गाउँका दुई साथीसँग चोकतिर घुम्न आएका जिलास साँझ घर नफर्किएपछि परिवारजनले खोजी गरेका थिए । मृतक यादवलाई साँझ नै हत्या गरेर फालिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्