टी-ट्वान्टी विश्वकपको निर्णय अर्को महिना



एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिलाको आईसीसी टी-ट्वान्टी विश्वकपबारे निर्णय अर्को महिना गर्ने भएको छ ।

कोरोना भाइरसका अन्योलमा रहेको विश्वकपबारे आईसीसीले अर्को महिना ठोस निर्णय गर्ने जनाएको हो ।

विश्वकपमा संग्लग्न सबैका स्वास्थ्य सुरक्षाका लागि सरोकारवाला र सरकारसँग छलफल गरिरहेको पनि आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्