फिफाको नयाँ वरीयतामा नेपाल यथावत



काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ।

फिफाले आज निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय खेल नभएपछि नेपालसहित सबै राष्ट्रको वरियता यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्