इंग्ल्यान्डमा आयोजना हुने कमनवेल्थ गेम्स एक दिन ढिला सुरु हुने



एजेन्सी : इंग्ल्यान्डमा आयोजना हुने सन् २०२२ को कमनवेल्थ गेम्स एक दिन ढिला सुरु हुने भएको छ ।

कोरोना भाइरसका कारण कमनवेल्थ गेम्स २०२२ को जुलाई २८ देखि ८ अगष्टसम्म हुनेछ । यस अघि जुलाई २७ बाट हुने तय थियो । यस्तै कमनवेल्थ गेम्स अन्तर्गत दुई खेल भारतमा हुनेछ ।

प्रतियोगिताको अन्य सम्पूर्ण खेल भने इंग्ल्यान्डको बर्मिङघम शहरमा हुनेछ । प्रतियोगितामा ७१ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कम्तिमा २४ खेल समावेश हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्