बढी नुन खाँदा हुने हानि र बच्ने उपाय



काठमाडौं : नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ ।

-त्यस्तै, शरीरमा नुनको मात्रा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ ।

-कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

-तसर्थ, सकेसम्म खानामा नुनको मात्रा कम गर्ने । साथै, फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ । 

-घरमै बनाएको खाना खानुपर्छ । र, खानामा धनियाँ, खुर्सानी, जाइफल, अदुवा आदिलाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्