यसरी पाक्छ थकाली खाना



काठमाडौं: थकाली खाना नेपाली परम्परागत खानामध्ये प्र्रचलित एक हो । यो आजभोलि सामान्य रेस्टुरेन्टदेखि ठुल्ठूला होटेलको मेनुमा समावेश हुने गरेको छ । वास्तवमा थकाली खाना मुस्ताङका थकाली जातिको परम्परागत खाना हो । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङको उच्च हिमाली भेग थाकखोला थकाली खानाको उदगमस्थल मानिन्छ । सहरी क्षेत्रमा, खासगरी थकाली जातिले नै यसको व्यवसाय गरेको पाइन्छ । करिब २० वर्षअघिदेखि काठमाडौंको ठमेलबाट व्यावसायिक रूपमा थकाली खाना सञ्चालनमा आएको पाइन्छ । 

यस्तो हुन्छ परिकार 

थकाली खानामा सामान्यतया घिउ हालेको मसिनो भात या ढिँडो, हुन्छ । त्यस्तै, मुस्ताङी कालो दाल, साँधेको गुन्दु्रकको अचार, अर्को अचार, मौसमी तरकारी, साग, सलाद, मही, दही र आवश्यकताअनुसार कुखुरा र खसीको मासु समावेश गरिन्छ ।

बनाउने विधि

– थकाली खाना स्वादिष्ट बनाउन दालले विशेष भूमिका खेल्छ । प्रायः थकाली महिलाले परम्परागत तरिकाबाट प्रेसर कुकर वा फलामको भाँडामा उक्त दाल पकाउँछन । फलामको भाँडामा भए घोटेर बनाइन्छ । खासगरी कालो दाल, बोडी र सिमी दालको रूपमा प्रयोग गरिन्छ । 

– अचारमा प्रयोग गरिने टिमुर पनि थकाली खानाको फरक स्वादभित्र पर्छ । त्यस्तै, खाना थप स्वादिष्ट बनाउन मुला, गोलभेडा, लसुनको अचारका विभिन्न परिकार र टिमुरको पिरो प्रयोग हुन्छ । त्यसैगरी, हिमाली उच्च भागमा फल्ने फापर, आलु, मेथीको विशेष महत्व रहने गर्छ । 

– फापरबाट बनेको ढिँडो विशेष परिकारभित्र पर्छ । पिठोलाई उम्लिरहेको पानीमा हाली काठको दाबिलाले मस्काइन्छ । आगो सानो बनाएर थोरै समय चलाएपछि केही मिनेट छोपेर राख्नुपर्छ । यसरी पकाइएको ढिँडो मासु, अचार, दाल र तरकारीसँग खान सकिन्छ । यसरी खाँदा स्वादिलो हुन्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्