ला लिगा : मेस्सीको गोलमा बार्सिलोनाको शानदार जीत



एजेन्सी : स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ४–० गोल अन्तरले हराएको हो । 

खेलमा लियोनल मेस्सी, अर्तुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक-एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा अर्तुरो भिडालको हेड गोलबाट बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हापमा २ गोल अघि रहेको बार्सिलोनाले ७९ औ मिनेटमा जोर्डी अल्बाको गोलमा ३–० को स्थिती बनाए । दोस्रो हाफको ईन्जुरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

बार्सिलोनाले लिगमा ५ अंकको अग्रता लिएको छ । उसले २८ खेलबाट ६१ अंक बनाएको छ । मालोर्का २५ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्