ईन्टरलाई हराउँदै नापोली फाईनलमा



काठमाडौं : ईन्टर मिलानलाई हराउँदै नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोली र इन्टर मिलानबीच बराबरी भए पनि समग्रमा २ -१ जीत निकाल्दै नेपोलीले फाइनलमा युभेन्टससँगको भेट पक्का गरेको हो ।

पहिलो लेगमा नापोली १–० ले विजयी भएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखे पनि नापोलीले बलियो रक्षापङ्ति तोड्न असमर्थ बन्दा इन्टर मिलान सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।

खेलको दोस्रो मिनेटमा नै क्रिस्टियन इरिक्सनको गोलबाट इन्टर मिलानले अग्रता बनाएको थियो तर ४१औं मिनेटमा ड्रिएस मेर्टिन्सले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुबैतर्फबाट कुनै पनि गोल हुन सकेन र समग्रमा नापोलीले मिलानलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । नापोली र युभेन्टसको उपाधि भिडन्त बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्