स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जीत



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।

कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको आफ्नो पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जीत दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।

जीतसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउँदै उपाधि होड कायमै राखेको छ ।

बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलको २८ खेलबाट ५९ अंक छ भने बार्सिलोनाको ६१ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्