धुम्रपान गर्ने बानी छ ? बर्बाद पार्न सक्छ यौनजीवन



एजेन्सी : धुम्रपानले हृदयघात, पक्षघात, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरु मात्रै होइन यसले पुरुषहरुको यौन क्षमतामा पनि ह्रास ल्याउने एक अनुन्धानबाट खुलेको छ ।

इन्डियन मेडिकल एसोसिएशन (आईएमए)का निर्देशक डा. के.के. अग्रवालका अनुसार जो व्यक्ति एक दिनमा २० वटा चुरोट पिउँछ उसको यौन क्षमता कम हुने सम्भावना ४० प्रतिशतभन्दा बढी हुन्छ ।

डा. अग्रवालका अनुसार धुवाँमा हुने निकोटिनले शरीरका अंगहरु खुम्चिँदै जान्छ । ‘टोब्याको कन्ट्रोल’ मा प्रकाशित एक अनुसन्धानको अनुसार धुम्रपान गर्ने १६ देखि ५९ वषको पुरुषमा यौन दुर्बलता दुई गुणा भएको पाइएको छ । धुम्रपान बाहेक मोटोपन, अत्यधिक मध्यपान र भियाग्रा जस्ता औषधिहरुका कारण पनि पुरुषको यौन स्वास्थ्यमा असर पर्ने उक्त अनुसन्धानमा उल्लेख छ ।

यसका साथै, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुका कारण पनि यौन दुर्बलता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्