सलमानका बडीगार्ड शेराको तलब कति करोड ?



एजेन्सी : बलिउड अभिनेता सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो र र उनलाई वाल्यकालदेखि नै बडीबिल्डिङको शौख थियो ।

शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए । शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छायाजस्तै सधैं सँगै हुन्छन् ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक २ करोड बढी रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १६ लाख भारुभन्दा बढी छ । आफ्नै सेक्युरिटी शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेराले उक्त सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन् ।

चर्चित अन्तर्राष्ट्रिय गायक जस्टिन बीबर मुम्बई आउँदा उनको सुरक्षाको जिम्मेवारी सलमानको आग्रहमा शेराले नै निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्