‘ए है माया’ भन्दै रियाशाको पछि लागे पल, सागर र सुधिर (भिडियो)



काठमाडौं : सरोज ओली र मेलिना राईको स्वरमा नयाँ गीत ‘ए है माया’ सार्वजनिक भएको छ । गीतमा सरोज ओलीकै शव्द, दीपक शर्माको संगीत तथा श्याम श्यात रसाइलीको संगीत संयोजन रहेको छ । गीतमार्फत कोरोनाभाइरस संक्रमण भएका व्यक्तिलाई अरु समयमाभन्दा पनि अझ त्यो समयमा माया प्रेम र सदभावको निकै खाचो हुन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

गीतको म्युजिक भिडियोमा नायक पल शाह, रियाशा दाहाल, सागर लम्साल क्षेत्री (बले) र टिकटकमा चर्चित सुधिर श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियोलाई सरोज ओलीले निर्देशन, नवराज उप्रेतीले छायाँकन तथा अर्जुन जिसीले सम्पादन गरेका छन् । जहाँ पल डाक्टर, रियाशा बिरामी, सागर सुरक्षाकर्मी र सुधिरलाई अस्पतालको सफाइ गर्ने कर्मचारीको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्