‘हिन्दुराष्ट्र नेपाल नबने चैतबाट आन्दोलन’



मोरङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाट हिन्दुराष्ट्र स्थापना गर्ने बताएका छन् । 

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा शुक्रबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उनले संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दुराष्ट्र स्थापना गरिने बताए । 

मुलुकमा हिन्दुराष्ट्र कायम गर्नुपर्ने, संघीयताका विषयमा राष्ट्रिय जनमत संग्रह गर्नुपर्नेलगायत २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको भन्दै उनले फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी संघर्षमा उत्र्ने चेतावनी दिए । 

उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइडबडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । 

बुधबार ताप्लेजुङबाट सुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रंगली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्