कमेडी च्याम्पियनका चर्चित खबपु अव सिरियल ‘अति भो’ देखिर्दै



काठमाडौं : खडगबहादुर पुन मगर चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनबाट निकै चर्चामा आएका हाँस्यकलाकार हुन् । उनी कमेडी च्याम्पियनका फस्ट रनर्सअप समेत हुन । खडगबहादुर खबपु उपनामले परिचित छन् । अव उनै खबपु एनटिभी प्लसबाट प्रशारण हुने ‘अति भो’ सिरियल मार्फतमा दर्शक माझ आउन लागेका छन् ।

यो सिरियल हरेक सनिवार ९बजे प्रसारण हुर्दै आएको छ । सन्तोष खनालद्वारा निर्देशित यस सिरियलमा रियाशा दाहाल, शर्मिला शर्मा, युगज्योति क्रियाशील, कञ्चन खड्का, राहुल श्रेष्ठ, सुमन सागर जंग केसी, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाललगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्